- दिपेन्द्र यादव

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले विकास निर्माणमा कामलाई तिव्रता दिएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका ८ वटै वडाहरुमा रहेका बाटोलाई व्यवस्थित गर्न गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले समबन्धित वडाध्यक्षहरुलाई विकास निर्माणका कामलाई तिव्रता दिन निर्देशन दिएका छन ।

भोक्राहा नारसिंह गाउँपालिकाका साविक नरसिंह गाविसको कुनै पनि बाटो व्यवस्थित नभएपछि अध्यक्ष यादवले आफ्नो निगरानीमा साविक नरसिंह हाल भोक्राहा नरसिंहका ५, ६, ७, ८ नं. वडाका वडाध्यक्षहरुलाई निर्देशन दिएको गा.पा. अध्यक्ष यादवले  बताए । अध्यक्ष यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिकालाई पाँच वर्ष भित्र सुनसरीको नमुना गाउँपालिका बनाउँने बताए ।

त्यस्तै भोक्राहा नरसिंहमा गाउँपालिकाको योजना अन्तर्गत १५ वटा सानो पुलको निर्माण समपन्न भएको बताए । गा पा अध्यक्षको विशेष निगरानीमा साविक नरसिंहमा ठुला आयोजना अन्तर्गत ४ वटा बाटो निर्माधिन रहेको अध्यक्ष यादवले बताए । साविक नरसिंह हाल भोक्राहा नरसिंह गा.पा ७ अन्तर्गत रहेको पूर्व जगदेव यादवको घर देखी पश्चिम सिसुवा धर्मपुर शाखा नहर सम्मको कृषि बाटो निर्माणका लागि ३० लाख रुपैँयाको लागतमा काम सुरु भएको वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र यादवले बताए ।

वडाध्यक्ष यादवका अनुसार ७ नं. वडामा तिस लाख भन्दा बढी बजेटको दुई वटा बाटो योजनामा परेको छ । वडा नं. ७ मा ३० लाख रुपैँयाको अर्को बाटो काली मन्दिर देखी पश्चिम सुकसेना शाखा नहर सम्मको बाटो निर्माणधिन रहेको बताए । ठुला आयोजना अन्तर्गत निर्माण भइरहेको दुई वटै बाटोमा अहिले भर्खर माटोको काम सकेको र ग्राइभेल गर्न मात्र बाँकी रहेका छन ।

भने वडा नं. ५ मा पनि ठुला आयोजना अन्तर्गत एउटा बाटो मात्र निर्माण भइरहेको छ । वडा नं. ५ मा निर्माण भइरहेको बाटो निर्माणका लागि ६० लाख रुपैँया विनियोजित गरेको वडा नं. ५ का वडाध्यक्ष बसरुद्धिन अंसारीले बताए । वडा नं. ५ का वडाध्यक्ष अंसारीका अनुसार ठुला आयोजना अन्तर्गत निर्माण भइरहेको उत्तर बाबा पेपर मिल देखी दक्षिण कोरयानी घाट सम्मको बाटो निर्माणधिन अवस्थामा रहेको वडाध्यक्ष अंसारीले बताए ।

त्यस्तै वडा नं. ८ मा ठुला आयोजना अन्तर्गत ८० लाख रुपैँयाको लागतमा उतर फुल चौक देखी दक्षिण बसमतिया बोर्डर सम्मको बाटो निर्माणधिन अवस्थामा रहेको वडा नं. ८ का वडाध्यक्ष हात्तिम अंसारीले बताए । त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ मा ठुला आयोजना अन्तर्गत ५५ लाख रुपैँयाको लागतमा गुडकीको घर देखी पश्चिम सुखसेना शाखा नहर सम्मको बाटो काम अहिले निर्माणधिन अवस्थामा रहेको वडा नं. ६ का वडाध्यक्ष राजेश्वर साहले बताए । भोक्राहा नरसिंह गाउँपालिकाको ठुला आयोजना अन्तर्गत निर्माणधिन रहेको बाटोको काम बैशाख मसान्त भित्र समपन्न गर्ने समबन्धि वडाका वडाध्यक्षहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया