२२ चैत्र, झापा। झापाको मेचीनगर नगरपालिका-६ हिकोला मोडबाट प्रहरीले बुधबार मुख भित्र लुकाएर ल्याउदै गरेको ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले झापा शिवशताक्षी नगरपालिका-११ बस्ने  २७ बर्षिय एक युवतीलाई १ ग्राम २०० मिली ग्राम  ब्राउन सुगर मुखमा च्यापेर ल्याउदै गरेको अवस्थामा अपरान्ह २ बजे पक्राउ गरेको हो। पक्राउ परेकी उनलाई  आवश्यक अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय कांकडभिट्टामा राखिएको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया