12083870_953442034703724_584794905_n
२३ असोज, इनरुवा
सहकारीको सिद्धान्त, मूल्य र मान्यता विपरित सहकारी संस्थाहरु आफुखुसी संचालन हुन थालेसँगै पछिल्लो समय सहकारी संस्थाहरु धराषायी बन्ने तर्फ उन्मुख हुन थालेको सरोकारवालाहरुले औल्याएका छन् ।
नवयुग बहुउद्येश्यीय सहकारी संस्था लिमिटड इनरुवाको १६औं साधारणसभामा बोल्ने वक्ताहरुले एैन कानुन विपरीत संचालित सहकारी संस्थाहरु पछिल्लो समय धराषायी उन्मुख देखिन थालेका बताएका हुन् ।
साधारणसभामा बोल्दै सुनसरीका स्थानीय बिकास अधिकारी रामप्रसाद वाग्लेले सहकारी संस्थाहरुलाई सवल, सक्षम र गतिशिल रुपमा अघि बढाउनका लागि संस्थागत नेतृत्व मजबुत हुनुपर्नेमा जोड दिनुभयो ।
सभामा बोल्ने अन्य सहकारी विद्हरुले एैन, कानुको परिधि भित्र नरहेका सहकारीहरुलाई कानुनी दायरामा उभ्याउनु सके सहकारीको माध्यमबाट आर्थिक सवलिकरणको पाटोमा सुधार आउने दावी गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष देविप्रसाद पोखरेलले वार्षिक प्रगित विवरण पेश गरेका थिए भने लेखा समिति संयोजक सिताराम भट्राईले १२ करोड ८५ लाख बराबरको आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया