इनरुवा चैत्र २३/महिला शशक्तिकरणकालागि लेटाङ नगरपालिकामा उद्घोषण तालिमको आयोजना गरिएको छ । वडा नम्वर ३ को आयोजनामा सम्पन्न दुई दिने तालिममा ६० बढी स्थानीय महिलाहरुको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रम वडाध्यक्ष देवराज चाम्लिङको अध्यक्षतामा आयोजना गरिएको थियो भने कार्यक्रममा नगरप्रमुख शंकर राई, उपप्रमुख कृष्णकुमारी पोखरेल, प्रमुख प्रशासकीय अधिकृत पुन्यप्रसाख पौडेल लगायतको उपस्थिती रहेको थियो । तालिममा सहभागिहरुलाई प्रशिक्षक विरेन्द्र साहले सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया