- मिकाइल आलम

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा स्थित जेल फिल्डमा मैत्रीपुर्ण क्रिकेट खेल सम्पन्न भएको छ । शनिबार बिहान सम्पन्न उक्त मैत्रीपुर्ण खेलमा इनरुवा जेसिज विरुद्ध व्यापारीको टोलि ४ रनले विजयी भएको छ ।

टस हारेर ब्याटिङ गरेको व्यापारीको टोलिले निर्धारित २० ओभरमा १ सय ६० रनको योगफल तयार पारेको थियो । मुकेश मण्डलले सर्वाधिक ६९ रन बनाए । जवाफमा १ सय ६१ रनको चुनौती पछ्याएको इनरुवा जेसिजको टोलि निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो । इनरुवा जेसिजका लागि राम रिसालले ८६ रनको इनिङ खेलेपनि टोलिको जितका लागि प्रयाप्त भएन ।

मैत्रीपुर्ण क्रिकेट खेलमा जेसिजको तर्फबाट इनरुवा जेसिजका अध्यक्ष कुन्दन मेहता,सुनोज निरौला,धिरज भट्टराई लगायतले सहभागिता जनाएका थिए भने व्यापारीको टोलिबाट दिवस सोनी,मुकेश मण्डल सहितकाले खेलेका थिए । मैत्रीपुर्ण खेलका विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि इनरुवा नगरपालिकाका मेयर राजन मेहता, नेपाल क्रिकेट संघ सुनसरीका कोषध्यक्ष ताहिर हुसेन,युथ अफ सुनसरीका अध्यक्ष अफजल हुसेन,राजकुमार सिंह लगायतले पुरस्कार वितरण गरेका थिए । व्यापारी टोलिबाट सहभागी १५ जना खेलाडीहरु लाई इनरुवा जेसिजले मायाको चिनो समेत प्रदान गरेको अध्यक्ष कुन्दन मेहताले बताए ।

तपाईको प्रतिक्रिया