Kamal-Thapa-With-Sushma-Swaraj-400काठमाण्डाै २८ मंसिर ।  नाकाबन्दी र मधेस समस्या समाधानबारे छलफल गर्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुईपटक भारत गए । थापा फर्किएपछि मोर्चाका नेताहरूले भारत भ्रमण गरे । थापाले बुझाएको तीनबुँदे प्रस्ताव भारतीय पक्षबाट मोर्चाका नेताको हातमा पुगेपछि मोर्चाले आफ्नो धारणा बनाउन सकेको छैन ।

तर, भारतले सहमति गर्न मोर्चालाई दबाब दिइरहेको छ । मोर्चा नेताहरूको भारत भ्रमणको वेला भारतीय विदेशमन्त्री सुष्मा स्वराजले र फर्किएपछि नेपालका लागि भारतीय राजदूत रणजित रायले शनिबार दूतावासमा ‘लन्च मिटिङ’ राखेर सहमति गर्न सुझाब दिएका थिए । तर, उनीहरूको अडान स्पष्ट भएको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया