युवा सन्त श्री श्रीनिवासाचार्य माथी गोली प्रहार भएको छ । सप्ताह पुरानको कार्यक्रममा उपस्थितिको लागि बिराटनगरको वडा नम्बर १४ जोतुवा स्थित राम जानकी मन्दिरको धर्मसालामा श्रीनिवासाचार्य रहेका थिए । रातीको १ बजेको समयमा शौचालय जान भनी निस्कीएका श्रीनिवासाचार्य माथी अकस्मात तिनचोटी फाइरिङ गरेको  गोलि कुममा लागेको उनका सहयोगी नारायण अयार्लले बताएका छन । गोली लागी घाइते हाल उहाँको बिराटनगर स्थित न्युरो हस्पिटलमा उपचार भैरहेको छ । नेपाललाई हिन्दु रास्ट्रको रुपमा नामाकरण गर्न गराउनको लागि उनले भुमिका खेल्दै आएका थिए ।

तपाईको प्रतिक्रिया