इटहरी । शिक्षा क्षेत्रको विकासमा योगदान गरेको भन्दै युवा पत्रकार विकल रेग्मीलाई नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमी इटहरीले सम्मान गरेको छ । नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीको पाँचौ वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसर पारेर पत्रकार रेग्मी सहित वेदका ज्ञाता राज कुमार उप्रेतीलाई सम्मान गरिएको हो । सम्मानीत पत्रकार रेग्मीलाई एकेडेमीका प्रवन्ध सञ्चालक मातृकाप्रसाद आचार्यले सम्मान पत्र ,काँसको करुवाले प्रदान गरी सम्मान गरेका हुन ।

पुर्वीय दर्सनलाई आत्मसाथ गर्दै अन्य विद्यालयहरुले सञ्चालन गर्ने कक्षाका अतिरिक्त सातामा एक दिन ध्यान र योग कक्षा सञ्चालन गर्ने जस्ता गतिविधिहरु समावेश गरी विद्यार्थीहरुलाई कितावी ज्ञानका साथै सस्कार सिकाइने विद्यालयले जानकारी गरायो । विद्यालयका प्राचार्य वेणु प्रसाद सिटौलाले विद्यार्थीहरुलाई नेतृत्व विकासका साथै सामाजिक गतिविधिहरुमा समेत सहभागी बनाई दक्ष जनशक्ती उत्पादन गर्ने लक्ष्य आफुहरुले राखेको जानकारी गराएका हुन ।

त्यसै गरी विद्यालयका प्रवन्ध सञ्चालक मातृकाप्रसाद आचार्यले विद्यालयको जग्गाका विषयमा गलत हल्ला फिजाइएको भन्दै विद्यालयले प्रयोग गरेको जग्गा विद्यालयकै भएको दावी गरे । उनले विद्यालयले प्रयोग गरेको केही जग्गा केही व्यक्तिको स्वामित्वमा रहेकोले विद्यालयले खरिद प्रकृया समेत अघि वढाइ रहेको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका शिक्षा समितिका संयोजक उपेन्द्र कोइरालाले शिक्षालाई घोकन्ते विद्या भन्दा पनि व्यवहार उपयोगि शिक्षा बनाउनु पर्नेमा जोड दिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष धुव्र लिम्बु को सभापतित्वमा भएको वार्षिक उत्सवमा उत्कृष्ठ काम गर्ने शिक्षक शिक्षिका कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया