मोरंग। सहिद रंगशाला विराटनगरमा संचालन भइरहेकाे विराट गोल्डकप २०७४ को उपाधि थ्रीस्टारले हात पारेको छ । ३–० गोल अन्तरमा त्रिभुवन आर्मीलाई थ्रीस्टारले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । खेलमा थ्रीस्टारकाका बिमल घर्तीमगरले २ गोल, अनन्त तामाङले खेलको ५४ औं मिनेटमा पहिलो गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ द म्याच बिमल घर्ती मगर बनेका छन् । उपाधि हात पारे संगै बिजेता थ्री स्टारले १२ लाख ७१ हजार रकम प्राप्त गर्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया