सुनसरी /किसानको भुक्तानी समयमै नदिएको आरोपमा इस्टर्न सुगर मिल सुनसरीको अमाहिवेल्हाका वित्त प्रवन्धक वृज मोहन गुप्ता पक्राउ परेका छन् । उखु किसानको भुक्तानी लामो समय अड्काउने गरेको र भुक्तानीकालागि पटक पटकको ताकेताका बाबजुत अटेर गरेको आरोप लागेका प्रवन्धक गुप्तालाई सुनसरी प्रहरीको टोलीले पक्राउ गरेको हो । केन्द्रको आदेशमा प्रवन्धक गुप्तालाई अनुसन्धानकालागि नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमरीयाले गुप्तामाथिको अनुसन्धान जारी रहेको बताउनु भयो । उद्योग वाणिञ्य तथा आपूर्ति मंत्री मातृकाप्रसाद यादवको निर्देशनमा गुप्ता पक्राउ परेको प्रहरी स्रोतको भनाई छ । इस्टर्न सुगर मिलले उखु खरिद गरेवापत किसानको ४४ करोड बढी रकम भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया