चैत्र २८ रामधुनी /थारु महिला सभा सुनसरीले सदरमुकाम इनरुवामा चैत्र ३० गते जुरसितल पर्व मनाउने भएका छन् । थारु महिला सभा जिल्ला कार्य समिति सुनसरीले रामधुनी नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
गुम्दो जातीय परम्परा र संस्कार जोगाउन कार्यक्रम आयोजना गर्न लागिएको थारु महिला सभा सुनसरीकी अध्यक्ष शुशिला चौधरीले बताउनु भयो ।


थारु समूदायले विशेषगरी बैशाख १ गतेका दिन ठुलाबाट आर्शिवाद लिने र सानालाई आर्शिवाद दिंदै जुरसितल मनाउने गर्छन् । जुरसितलमा ठुलाको खुट्टामा पानी छर्किएर आशिष लिने गरिन्छ भने सानाको टाउकोमा पानी छर्केर सुख, शान्ति र दीर्घायुको कामना गरिन्छ ।  बैशाख १ गते बाट एक महिना सम्म मनाइने शिरुवा पर्वलाई थारु समूदायले विशेष पर्वका रुपमा लिने गर्छन् ।

परापूर्वकालिन सभ्यतालाई सभ्य र मर्यादित बनाई निरन्तरताकालागि युवा पुस्ताको भूमिका र सहित मौलिक कला र पहिचान सहितको प्रवद्धनकालागि थारु अगुवा सहितको जुरसितल कार्यक्रम महत्वपूर्ण छाप सावित हुने थारु कल्याणकारिणी सभाका केन्द्रीय सल्लाहकार रामराज चौधरीले बताउनुभयो । पत्रकार सम्मेलनमा केसीलाल चौधरी, रामकुमारी चौधरी, शुशिला लेखी, पार्वता चौधरी लगायतकाले जुरसितल र सिरुवा पर्वको महत्व र आवश्यकताका बारेमा धारणा राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया