prachanda-baidhyaकाठमाडौं २८ मंसिर ।  ( फाइल तस्विर ) एमाओवादी अध्यक्ष प्रचण्डले साम्राज्वादीहरुको चंगुलमा परेर वरिष्ठ नेताहरुले पार्टी फुटाएको आरोप लगाएका छन् । राजधानीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष मोहन वैद्यतिर आखाँ लगाउँदै भने, ‘एमाओवादी फुटाउनेहरु साम्राज्यवादीहरुको चंगुलमा परेको संकेत मलाई थाहा छ । एमाओवादी विभाजन गराएर कम्युनिष्ट शत्तिः क्षीण गराउने दाउपेच कसैले नगरे हुन्छ ।’

पुराना कम्युनिष्ट नेता खगुलाल गुरुङको सम्मानमा आयोजित कार्यक्रममा एमाओवादी विभाजन केकति कारणले भएको छ भन्ने प्रश्न गर्दै प्रचण्डले भने, ‘हाम्रो विभाजन आपसी मतभेद, सम्बन्धको खाडलबाट मात्र हो वा निकै ठूलो साम्राज्यवादी शक्तिको सुनियोजित षड्यन्त्रबाट पनि भएको हो भन्ने सोच्न जरुरी छ ।’ उनले दसवर्षे जनयुद्धबाट नेपालीको मन जित्दै आएको एमाओवादीलाई छियाछिया पार्न साम्राज्वादी शक्ति लागिपरेको र त्यसैको कारण माओवादी विभाजन भएको बताएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया