चैत्र २९ गते इनरुवा /जिल्ला समन्वय समिति सुनसरीका पदाधिकारी सहितको टोलीले सामुदायिक बिकास कार्यक्रम अन्र्तगत सुनसरीमा संचालनमा रहेका परियोजनाहरुको स्थलगत अनुगमन गरेको छ ।


गरिबी घटाउँदै मानवीय विकासमा सुधारको लक्ष सहित स्थानीय तहमा संचालित परियोजनाको जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी, उपप्रमुख कृष्णकुमारी विश्वकर्मा सहित सरोकारवालाको टोलीले अनुगमन गरेको हो ।


टोलीले कोशी गाउँपालिकामा रहेको प्रशुती गृह, ब्यूटी पार्लर, पश्चिम कुशाहा सिचाई आयोजना सहित जीविकोपार्जन सुधार आयोजना तथा नागरिक सचेतना केन्द्रहरुको अवस्थाका साथै संस्थाको योगदान र प्राप्त प्रतिफलको बारेमा स्थलगत जानकारी बटुलेको थियो ।
अनुगमन टोलीले स्थानीय तहमा संचालित कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन सुझाव दिएको थियो ।


टोलीको सुझावका आधारमा लक्षित समुदाय केन्द्रीत परियोजनालाई थप परिस्कृत बनाएर अघि बढाइने सामाजिक बिकास कार्यक्रम सुनसरी संयोजक सरस्वती कोइरालाले बताइन् । सुनसरीका बर्जु, देवानगञ्ज, हरिनगर, भोक्राहा नरसिंह, कोशी र गढी गाउँपालिका सहित इनरुवा र बराहक्षेत्र नगरपालिकामा सामुदायिक विकास कार्यक्रम संचालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया