चैत्र २९ गते इनरुवा/महिला हिंसा न्यूनिकरणको उद्देश्यसाथ सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा साझा सवालकालागि साझा मञ्च कोकनले नाट्यशाला कार्यक्रम संचालनमा ल्याएको छ ।


कार्यक्रममा समुदाय र प्रहरीबिचको भूमिकाका माध्यमबाट महिला हिंसा न्यूनिकरणका सवालमा जवाफदेहिता सहितको सामूहिक प्रतिवद्धता जुटाउने प्रयास गरिने कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताए ।


विपन्न र सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्दिकालागि भुटाहामा संचालित कार्यक्रम भोक्राहा नरसिंह, हरिनगर र देवानगञ्ज गाउँपालिकाका न्यायिक समितिका संयोजक, स्थानीय मेलमिलाप केन्द्रका पदाधिकारी सहित प्रहरी र स्थानीय अगुवा तथा युवायुवतीको सहभागिता रहेको थियो ।


कार्यक्रममा प्रहरी र नागरिकबिच अन्तरसम्वाद कार्यक्रमको समेत आयोजना गरिएको थियो । प्रहरी निरीक्षक शेषकराम थनदारले सर्वसाधारणको जिज्ञासाको समाधान गरेका थिए । बुधवारबाट संचालनमा रहेको नाट्यशाला कार्यक्रम शुक्रबार सडक नाटक गरी सम्पन्न हुने छ ।

तपाईको प्रतिक्रिया