असोज २३ इनरुवा
विषादी सेवनका कारण सुनसरीमा दुई किशोरीको ज्यान गएको छ । महेन्द्रनगर २ बस्ने वर्ष १८ कि लक्ष्मी यादवको विषादी सेवनका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अशक्त भई उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकी यादवको उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाई छ । त्यसैगरी विषादी सेवनकै कारण डुम्राहा ६ कि १६ वर्षिय विनिता सिंहको समेत उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी मुसा मार्ने विषादी सेवनका कारण अशक्त विरामी बनेकी औरावनी ७ की वर्ष १५ की सपना विकको गोल्डेन अस्पताल विराटनगरमा उपचार भैरहको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया