Helth photo

राजकुमार पासवान कञ्चनपुर(सप्तरी)२८ मंसिर ।

मंंसिर ५ गते जिल्ला प्रहरी कार्यालय सप्तरी तथा सशस्त्र प्रहरीको टोलीले गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजविराज हात्ता भित्र पसि प्रहरीले अन्धानधुन लाठी चार्च गरि चिकित्सक समेत एक दर्जन स्वास्थ्यकर्मीहरुलाइ निर्घात कुटपिट गरेको थियो ।

२२ दिन देखि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सप्तरीसहित देशका विभिन्न जिल्लाहरुमा आन्दोलन जारी रहँदा पनि राज्यपक्ष सम्वेदनशील नभएको भन्दै मधेशी मोर्चा सप्तरीले गम्भीर आपत्ति जनाएको छ ।

मेर्चाको तर्फबाट सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै अविलम्ब स्वास्थ्यकर्मीहरुको माग सम्बोधन गर्न जोडदार माग गरेका छन् । ‘हालसम्म राज्यपक्ष तथा सम्बन्धित निकायबाट कुनै किसिमको चासो नदेखाएको भन्दै सप्तरी जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल जनस्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्र पूर्ण रुपमा ठप्प रहेको छ’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘दिनहुँ रोगीहरु मारमा परिरहेको प्रति सम्बन्धित निकाय कानमा तेल हाली मौन बसेकोले सम्बन्धित निकाय गैरजिम्मेवारपनको पराकाष्ठा नाघेको मधेशी मोर्चाले ठहर रहेको छ । अविलम्ब स्वास्थ्यकर्मीहरुको जायज मागलाई सम्बोधन गरी दोषीलाई कडा कारवाही गर्न मधेशी मोर्चाले प्रेस विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्वयबहार तथा कुटपिटको विरोधमा आन्दोलित स्वास्थ्यकर्मीहरुलाई समर्थन र ऐक्यबद्धता जनाउन सम्पूर्ण नागरिक समाज बुद्धिजिवि, व्यापारी, व्यवसायी, युवा विद्यार्थी तथा सम्पूर्ण सर्वसाधारणहरुसँग २८ गते सोमबार आज ऐक्यबद्धता र समर्थनको लागि सहभागी भई दिनु हुन मधेशी मोर्चाले अपिल गरेको छ । निर्णायक अधिकार प्राप्तिको मधेश आन्दोलन उचाईमा पुगिरहेको अवस्थामा अबको निर्णायक यस महान आन्दोलनलाई अझै सशक्त बनाउन समेत मोर्चाले अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया