काठमाडौँ, ७ वैशाख। काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेको छ । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।विमानस्थल बन्द भएकोले अवतरणको लागि आएको चाइन साउर्थन, जेट फ्लाई, दुवई र मलेसियन एयरलाइन्सको विमानमध्ये तीन वटा कलकत्त र एउटा दिल्ली डाइभर्ट गरिएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार मालिन्दोएयरको विमानबाट यात्रुहरुलाई बाहिर निकाल्न सुरु गरिएको छ । यात्रुहरु बाहिरनिकालिएपछि मात्र विमानस्थल खोल्ने उनले बताएका छन् ।काठमाडौं‌बाट उड्नु पर्ने सात वटा उडान पनि प्रभावित भएको छ । विमानस्थल स्रोतका अनुसार कुल १६ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

के कारणले उक्त विमान रनवेभन्दा बाहिरपुगेको भन्ने बारेमा जानकारी हुन सकेको छैन । विमानभित्र के कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी आएको छैन । उक्त विमान काठमाडौंबाट ९.४५ मा उड्नु पर्ने थियो। आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया