मोरङको सुनवर्षी नगरपालिका ७ मा धारिलो हितयारले घाँटी रेटेर एक बालिकको हत्या भएको छ। सुनवर्षी-७ मलदैया टोल बस्ने ताईफुर मियाँको अन्दाजी १३ वर्षकी छोरी आफ्सना खातुनको शव घरदेखी अन्दाजी ५ सय मिटर उत्तरमा रहेको मकै बारीमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा  फेला परेको हो।

शुक्रबार दिउँसो घाँस काट्न हिडेकी बालिका साँझ सम्म घर नफर्केपछि बालिकाकी बाबुले खोजी गर्दै जाँदा छोरीको शव मकैबारीमा भेटेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट टोली खटिइ गई घटनास्थल मुचुल्का लगायतका कार्य सम्पन्न गरी शव पोष्टमार्टमकालागि रंगेली अस्पताल पठाइएको छ। घटनाबारे अनुसन्धान कार्य भई रहेको छ।

तपाईको प्रतिक्रिया