इनरुवा। नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रको लापरवाही बढदै गएको स्थानीयहरुले गुनासो गरेका छन् । इनरुवा वितरण केन्द्रले आफूखुसी तरिकाले विद्युत काट्ने गरेको, विना सूचना लामो समयसम्म लाईन नदिने र अतिरिक्त रकम दिने तथा उद्योगहरुबाट समेत रकम लिई विद्युत वितरण गर्ने गरेको इनरुवाका उपभोक्ता विरेन्द्र मेहताको आरोप रहेको छ ।

नेपाल सरकारले नेपालबाट लोडसेटिगं अन्त्य भइसकेको दावी गरिरहेका बेला सुनसरी सदरमुकाम इनरुवा सहित इनरुवा वितरण केन्द्रबाट वितरण हुने विद्युतमा अहिलेसम्म लोडसेटिगं कायमै रहेको मेहताको भनाई रहेको छ । प्राधिकरणका प्रमुख सञ्जिव कुमार साहले भने उद्योगहरुबाट मोटो रकम लिई विद्युत वितरण गर्ने गरेको कुरा निराधार रहेको र मर्मतका कारणले केही विद्युत अवरोध भएको बताउनुभएको छ ।

यहाँ मर्मत सम्भारको नाममा दिनभर लाईन काटेको उपभोक्ताहरुको आरोप छ भने प्राधिकरणले उपभोक्ताहरुलाई लाइन काट्नु भन्दा अगावै सूचना जारी गर्नुपर्नेमा सूचना नदिएको कुरामा पनि सत्यता नहरेको शाहको भनाई छ । प्राधिकरण प्रमुख साहले ३३ केभीको मर्मत सम्भारको कार्य भइरहेकोले विद्युत बन्द गरिएको बताउनुभयो । प्राधिकरणले दैनिक जसो विभिन्न बाहानाबाजी देखाउदै अनियमित तरिकाले लाइन काटने गरेको उपभोक्ताहरुको गुनासोहरु कहिलेकाही हुने समस्यालाई सधै भन्नु जायज नभएको शाहलेको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया