राजविराज। सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट मंगलबार बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गी देवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

सो आरक्ष क्षेत्रबाट आएको हात्तीले आफ्नै घरमा सुतिरहेका अवस्थामा यादव माथि आक्रमण गरेको थियो । हात्तीले यादवको घरसमेत भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । केही दिनयता जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने सप्तकोशी र कञ्चनरुप नगरपालिका क्षेत्रमा दिनहु हात्ती आतंक बढेको भए पनि स्थानीय प्रशासनले नियन्त्रण गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

तपाईको प्रतिक्रिया