- प्रेम गिरी

नेपाली जनताले अहिले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक प्राप्त गरेका छन् । तर त्यसलाई आफ्नो सरोकारको बिषयमा भरपुर प्रयोग गर्न नसकिरहेको अवस्था छ । त्यो स्थितिको अन्त्य गर्नको लागि जनतामा कसरी सूचनाको पहुँच पूर्ण रुपले पुर्याउने र त्यो पहुँचलाई आफ्नो अधिकार र न्याय प्राप्तिको पक्षमा प्रयोग गर्ने भन्ने बिषयलाई ध्यानमा राखेर दुहवीबाट प्रकाशित प्रदेश दर्पण राष्ट्रिय दैनिक पत्रिकाले केही अभियानहरु सुरु गरेको  छ।

प्रदेश दर्पणलाइ व्यवसायिक बनाउँदै जनपक्षीय, दिगो र मर्यादित पत्रकारिताको विकासका लागि तालिम, प्रशिक्षण लगायतका कार्यक्रमहरु गर्ने योजना रहेको छं । त्यसका साथै प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रका सरोकारका बिषयहरुमा स्थानिय निकाय र अन्य संगठनहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने योजनामा छ ।

जनप्रतिनिधिहरुमा दिर्घकालीन सोच, लगानीको पारदर्शीता, व्यवसायिक ज्ञान आदि अभावका कारण भविष्यप्रति अझै सुनिश्चित हुन सकिने स्थिति न भइरहेको अवस्थामा प्रदेश दर्पण राष्ट्रिय दैनिकले स्थानिय विकासमा सूचनाको पहुँच वडा तहका सरोकारवालाहरुलाइ अभिमुखिकरणमुलक गोष्ठी सूचना प्रवाह कार्यक्रमले जनतामा सूचनाको हकको सम्मान र पालना हुँने अपेक्षा राखिएको छ ।

दुहवी नगरपालिका १० नम्वर वडा कार्यालयको सहयोगमा वुधवार वडा कार्यालयको हलमा भएको सूचना प्रवाह कार्यक्रमका प्रमुख अतिथि रहँनु भएका दुहवी १० का वडाध्यक्ष लधुराम माझिले आम नागरिकको सूचनाको अधिकारलाइ पारदर्शी ढंगबाट स्थानियवासीको पहुँचमा पुर्याउने बताउँनु भयो ।

कार्यक्रममा सहभागि सरोकारवालाहरुले दुहवी १० नम्वर वडा कार्यालयले प्रभावकारिढंगबाट सूचना प्रवाह न गरेको गुनासो राखेका थिए । कार्यक्रमका प्रशिक्षक रहँनुभएका पत्रकार राजेन्द्र पोखरेलले वडा तहका सरोकारवालाहरुलाइ सूचनाको हकको बारेमा जानकारि दिनुहुँदै सूचनालाई आफ्नो अधिकार र न्यायको लागि प्रयोग गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा प्रदेश दर्पण राष्ट्रिय दैनिकका प्रकाशक एवम् प्रवन्ध निर्देशक प्रेम गिरीले पत्रकार पनि आम नागरिककै प्रतिनिधि भएको हुनाले जनताको सूचनाको अधिकारलाइ जनप्रतिनिधिहरुले पारदर्शीतासाथ उजागर गर्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रमका संयोजक रहेका दशबर्षे जनयुद्धको पृष्ठभूमीबाट आउँनु भएका पत्रकार अकवर अलीले आमनागरिकको सूचनाको हककालागि प्रेस स्वतन्त्रता हुँनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया