सुनसरीको दुहवीमा बुधबार विहान माईक्रो र मोटरसाइकल एक अर्कासंग ठोक्किंदा मोटरसाइकलका चालक सुनसरी धरान-१५ बस्ने २९ वर्षीय राजिव भुजेलको मृत्यु भएको छ। दुहबीबाट इटहरीतर्फ जाँदै गरेको को ११ प  ७०१४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको बा ३ ख ७८७० नम्बरको माइक्रो विहान ११ बजे दुहवी नगरपालिका ८ स्थित कोशी राजमार्गमा एक अर्कासंग ठोक्किएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका भुजेललाई उपचारका लागी गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारका क्रममा विहान ११:५० बजे मृत्यु भएको हो । माईक्रोका चालकलाई इलाका प्रहरी कार्यालय दुहवीले अनुसन्धानका लागी नियन्त्रणमा राखेको छ।

तपाईको प्रतिक्रिया