- अन्सार अन्सारी

भुटाहा । सुन्सरीको हरिनगर गाउँपालिका वडा १ मा तीन महिने सिलाइकटाइ तालिम सुरु भएको छ । ग्रामीण भेगमा रहेको दलित किशोरीहरु लाई लक्षित गरि सो सिलाइकटाइ तालीम आयोजना गरिएको हो।

हरिनगर गाउँपालिका वडा १ को सहयोग र दावत एन्ड इर्शाद सेन्टर नेपालको आयोजनामा तीन महिने सिलाइकटाइ तालिम सुरु भएको छ ।हरिनगर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अब्दुल लतिफ अन्सारी मिया प्रमुख अतिथि रहनुभएको सो कार्यक्रमका अतिथिहरुमा श्री चपडाही नि. मा. वि. का प्रधानाध्यापक भगवान लाल प्रसाद गुप्ता, व्यवस्थापन समितिका अध्यक्ष बिन्देशरी पौदार, समाजसेवी इर्शाद अन्सारी, बसिर मिया, मो. अस्लम अन्सारी, प्रभु प्रसाद गुप्ता, महबुद अन्सारी लगायतको सहभागीता रहेको थियो। सो सिलाइकटाइ तालिम मा १५ जना दलित किशोरीहरुको सहभागीता रहेको छ भने कार्यक्रमको अध्यक्षता मो. शमसिर आलम अन्सारीको अध्यक्षतामा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया