फाइल फोटो

काठमाडौं २८, मंसीर । नुवाकोटको कुमरी गाउँ विकास समितिमा एक पाँच महिने बालिका माथि यौन दुव्र्यवहार भएको छ । अस्ति विहान कुमरी गाउँ विकास समिति ७ पारिपाखामा बालिकामाथि स्थानीय २५ वर्षिया युवकले यौन हिंसा गरेका हुन् । स्थानीयहरुका अनुसार बालिकालाई ती युवकले आफ्नो गुप्ताङ्ग चुसाएको भेटिएको थियो । युवकले दुधेबालिकालाई दुव्र्यवहार गराएको आमाले भेटेका थिए । अनुसन्धान भइरहेको भन्दै यी युवकको नाम कुमरी प्रहरी चौकीले सार्वजनिक गरेको छैन । कुमरी प्रहरी चौकीका इञ्चार्ज सई अशोककुमार सिंहका अनुसार बालिकाको परिवार र गाउँलेबाट युवकले बालिकालाई काखमा लिएर यौन कार्य गरेको उजुरी आएको छ । हिजो घटनास्थल पुगेको प्रहरीले उपचारका लागि बालिकालाई काठमाडौं पठाएको छ ।हाम्रोसंदेशबाट

तपाईको प्रतिक्रिया