Shakti-Basnet1२८ मंसीर काठमाडौं । भूकम्पपीडित परिवारका बालबालिकाको अधिकार खोसी पार्टी अध्यक्ष पुष्पकमल दाहालका नातिनी र आफन्तलाई चीन पठाएकोमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले जिम्मेवारी लिँदै गल्ति भएको स्वीकारेका छन् ।

पार्टी स्थायी समितिको शनिबारको बैठकमा यो निर्णयबारे सहभागीबाट चर्को आलोचना र दाहाल स्वयंले यसमा अनभिज्ञता प्रकट गरेपछि गृहमन्त्री बस्नेत स्पष्टीकरण दिन बाध्य भएका थिए ।

गृहमन्त्री बस्नेतले चीन पठाउने सूची अनुमोदन गर्ने क्रममा आफूबाट गल्ती भएको स्वीकार गर्दै आत्मालोचना गरेका थिए । सहभागीले उनलाई सरकारबाट फिर्ता बोलाउनसमेत बैठकमा माग गरेका थिए ।

एक नेताका अनुसार गृहमन्त्री बस्नेतले आफ्ना नातेदार र अध्यक्ष दाहालका नातिनीहरूलाई चीन भ्रमण पठाएर आफूले गल्ती गरेको स्वीकार्दै त्यसबाट पार्टीमा पर्न गएको क्षतिप्रति नैतिक जिम्मेवारी लिने बताएका थिए ।‘मैले साथीहरू (सचिवालयका कर्मचारी) लाई मिलाउनुस् भनेको थिएँ । ’भ्रमण टोलीको सूची राम्ररी हेर्दा पनि नहेरी हस्ताक्षर गरेछु । त्यसलाई मैले हल्का रूपमा लिए । यस्तो बबन्डर होला भन्ने ठानिएन । मैले नैतिक रूपमा जिम्मेवारी लिन्छु’, गृहमन्त्री बस्नेतको भनाइ उद्धत गर्दै अर्का नेताले भने ।

 

तपाईको प्रतिक्रिया