१४ बैशाख, इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा रहेका दुईवटा निजि विद्यालयले छात्राहरुका हकमा मिडी लगाउन बन्देज गरेको छ ।
इनरुवा ३ मा रहेका द मार्टर इङ्गलिस बोडिङ्ग स्कुल र जनक स्मृति शिशु सदन माविले छात्राहरुका हकमा त्यस्तो खाले प्रतिवन्ध लगाएको हो ।
विद्यालयले नयाँ नियम लागु गरेसँगै अब प्रावि तह भन्दा माथिका छात्राहरुले छोटा लुगा अर्थात मिडी लगाएर विद्यालय जान पाउने छैनन् ।माबि तहसम्म अध्यापन हुने द मार्टर र जनक स्मृतिले इनरुवामा पहिलो पटक त्यस्तो खाले नियम लागु गर्न लागेको हो ।

विद्यालय पुग्ने किशोरी उमेर समूहका विद्यार्थीकालागि सम्वन्धित विद्यालयले तोकेको पोशाक अनिवार्य गर्ने निर्णय गरिएको जनक स्मृति शिशु सदन माविका संचालक निरज नेपालले जानकारी दिनुभयो । दुवै वोडिङ स्कुलले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै उक्त नियम लागु गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया