- दिपेन्द्र यादव

इनरुवा। जिल्लामा नेपाल प्रहरी प्रमुख विहिन रहेको झण्डैँ ४ महिना बित्न लाग्दा गृह मन्त्रालयले बल्ल काजमा प्रहरी उपरीक्षकलाई सुनसरीमा पठाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टगांलमा कार्यरत प्रहरी उपरीक्षक राजन अधिकारीलाई सुनसरीमा सरुवा गरीएको हो ।झण्डैँ ४ महिना अगाडी सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले इटहरीमा भएको सामूहिक बलात्कार घटना प्रहरी कार्यालय भित्रै गुपचुप मिलापत्र गराएको प्रकरणमा एसपी माझी निलम्बित भएका थिए। सुनसरीको इटहरी–२० मा बस्दै आएकी १४ वर्षीया किशोरीमाथि गत पुष महिनाको १६ गते वडा नम्बर २ हलगढास्थित रोयल रिसोर्टमा सामूहिक बलात्कार भएको घटनामा एसपी माझी निलम्बित भएका थिए ।

तपाईको प्रतिक्रिया