काठमाडौं, १८ वैशाख । यस वर्षको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्तीमा साढे ६ करोड खर्च भएको छ ।विगत वर्षहरूमा ५० देखि ७० लाखसम्म खर्चमा हुने गरेको थियो । तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गर्नका लागि कोषले चार करोड रुपैयाँ खर्च गरेको छ भने अन्य कार्यक्रमका लागि दुई करोड पचास लाख खर्च गरेको छ ।दुईदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनसमेत भएकाले यसपटक बढी खर्च भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

बुद्धजयन्ती मंगलबार समापन हुने भएको छ । बौद्ध धर्मग्रन्थअनुसार लुम्बिनीमा जन्मिएका बुद्धलाई अर्को दिन तिलौराकोट दरबार लगिएको थियो । सोही परम्परालाई कायम राख्दै लुम्बिनी विकास कोषले सोमबार विभिन्न तामझामका साथ २५६२औँ बुद्धजयन्ती मनायो ।

गलबार लिटिल बुद्धलाई सझाएर लुम्बिनीदेखि कपिलवस्तुको तिलौराकोट दरबारसम्म विभिन्न झाँकीका साथ दरबारमा भित्र्याएर बुद्धजयन्तीको समापन गरिने लुम्बिनी विकास कोषले जनाएको छ ।नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया