इटहरी । पत्रकारितामा युवाहरुलाई अवसर प्रदान गर्दै अझ बढी गुणस्तरियताका साथ पत्रकारिता क्षेत्रको विकास र विस्तार गर्ने लक्ष्य सहित सुनसरीको इटहरीमा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । फरवार्ड मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र पुर्वेली मिडिया नेटवर्क प्रालिको संयुक्त आयोजनामा सुरु भएको तालिमको उद्घाटन कार्यक्रम इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले उद्घाटन गरेनका थिन् ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख गौतमले पत्रकारिता क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले योजनाहरु ल्याउने वताउदै । तालिममा सहभागीहरुलाई सत्य र तथ्य परक समाचार लेखेर समाजलाई सहि मार्ग निर्देशन गर्ने लक्ष्य सहित तालिममा हासिल गरेका ज्ञानहरुलाई व्यवहारीक रुपमा प्रयोगमा ल्याउदै पत्रकारितामा आउन आग्रह समेत उनले गरिन । नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष अमर खड्काले पत्रकारितामा अहिले पनि दक्ष जनशक्तीको आवश्यकता खड्की रहेको छ भन्दै दक्षता हासिल गरे अवसरको कमी नहुनेमा जोड दिए । पुर्वेली मिडिया नेटवर्कका निर्देशक सुरेशचन्द्र दहालले पत्रकारिता क्षेत्रमा युवाहरुलाई अवसर र दक्षता प्रदान गर्ने लक्ष्य सहित तालिमको आयोजना गरेको जानकारी दिए ।

फरवार्ड मिडिया एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक विकल रेग्मीले पुर्व क्षेत्रमा समेत विभिन्न सञ्चार माध्यमहरुले दक्ष जनशक्ति उपलव्ध नभई रहेको गुनासो आइरकेको समयमा तालिमको आयोजना गरेको भन्दै तालिमले केही हद सम्म दक्षता प्रदान गर्ने विश्वास व्यक्त गरे । तालिममा इटहरी तथा आसपासका क्षेत्रका ३३ जनाको सहभागीता रहेको छ । तालिम सञ्चालनका लागि इटहरी उपमहानगरपालिका , सप्तकोशी अनलाईन , पुर्वेली न्युज अनलाईन र वेतना दैनिक र युवा विकास केन्द्र सहयोगी संस्थाका रुपमा रहेका छन । कार्यक्रममा विकल पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया