काठमाडौँ, १९ वैशाख । वरिष्ठ स्नायु शल्य चिकित्सक प्रा.डा. उपेन्द्र देवकोटा पाँच महिनापछि स्वदेश फर्किएका छन् ।बेलायतबाट फर्केर उनी बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका छन् । उनको सघन रुपमा उपचार चलिरहेको अस्पतालले जनाएको छ ।

न्युरो अस्पतालले डा.देवकोटाको उपचारबारे कुनै जानकारी सार्वजनिक गरेको छैन । गत शनिबार नेपाल फर्केका डा.देवकोटाको स्वास्थ्य स्थिति ‘स्थिर’ रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।उनलाई बेलायतस्थित किंग्स कलेज अस्पतालमा पाँच महिना उपचार गरिएको थियो ।अहिले डा.देवकोटासँग भेटघाट गर्न दिइएको छैन । आजको कान्तिपुर दैनिकबकाट

तपाईको प्रतिक्रिया