- प्रतिक श्रेष्ठ

विराटनगर । साढे ३३ किलो सुन प्रकरणमा मुद्दा दर्ता गरिएकामध्ये ६ अभियुक्त मध्ये ५ जनाको मोरङ जिल्ला अदालतमा बयान सकिएको छ । शुक्रबार भएका कारण समयअवधि अपुग भएका कारण ६ मध्ये ५ को बयान सकिएको र एक जनाको भने आइतबार सक्ने तयारी जिल्ला अदालत मोरंङ का श्रेष्तेदार नवराज दुलालले ले जनाएका छन् । बिहिबार ६ जनाको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नं इजलासमा ७ घण्टा लगाएर उनीहरुको बयान लिइएको थियो ।

राजन कुमार , टेकराज मल्लठकुरी, माधव भन्ने मदल प्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भन्ने नरेन्द्र कार्किलाई बिहिबार देखि बयान सुरु गरेको थियो जसमध्ये टेकराज मल्लठकुरी को बयान आइतबार हुने नवराज दुलालले बताए ।बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानमा मुद्दा दायर गरिएको थियो ।

प्रतिवादीमध्ये २९ जना पक्राउ परेका छन् भने मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना फरार थिए । फरार मध्येका प्रहरी हवल्दार अदालतमा हाजिर हुन पुगेका छन् ।

अदालतमा सरकारका तर्फबाट बहस गर्न उच्च अदालत विराटनगरका सह महान्याधीवक्ता चिरञ्जीवी पराजुलीको नेतृत्वमा उच्च अदालतका सह–महान्याधिवक्ता पराजुली र उपन्यायाधिवक्ता हिमालय त्रिताल तथा जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकसहित जिल्ला सहन्यायाधीवक्ताद्वय पदमप्रसाद वस्ती र रोहितकुमार पोखरेलले उनीहरुसंग बयान लिएका हुन् ।

राजनकुमारलाई सन धन्दाका एक प्रमुख लगानीकर्ता मानिएका मोहनकुमार अग्रवालका ड्राइभर हुन् । उनलाई वीरगञ्ज हुँदै अग्रवाललाई भारत पठाउने कार्य गरेको अभियोग लगाइएको छ । त्यस्तै मोहन र कृष्ण सुनका भरिया रहेको र कृष्ण विद्यालयमा गोरेका सहपाठीसमेत भएको र उनीहरूको घर एकै ठाउँमा रहेको बताइएको छ । अर्का अभियुक्त लाक्पा पनि ड्राइभर नै भएको प्रहरीले बताएको छ । लाक्पाले नै गोरेलाई जोगबनीसम्म गाडीमा पुर्‍याएर भारततर्फ भाग्न सहयोग गरेको आरोप छ । माधव भन्ने मदनकुमार पनि भरिया भएको र सनमलाई यातना दिने क्रममा उनी पनि घटनास्थलमा रहेको अभियोग छ । अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार बिहीबारदेखि बयान सुरु गराइएका टेकराज मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) का ड्राइभर भएको बताए । उनी गोरेका एक मुख्य विश्वासपात्र पनि हुन् । यातना दिएर मारिएका सनम शाक्यको शव राखिएको स्कोर्पियो गाडी मल्लले नै चलाएका थिए । उनले जङ्गलमा गाडीमा रातभरि शवमात्र राखेर कुरेको र रात कटाएको वयान दिएका छन् ।

तपाईको प्रतिक्रिया