pakistan blast1

२८ मंसिर पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानको पराचिनार सहरको बजार इलाकामा आइतबार भएको एक बम विस्फोटनमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ ।अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने सो इलाकामा भएको यस बम विस्फोटनमा परी अन्य ७७ घाइते भएको बिबिसीले जनाएको छ ।बजार इलाकाको एक पसलभित्र  बम विस्फोटन गराएको बताइएको छ ।

पराचिनार बजार इलाकामा भएको यस विस्फोटनको समयमा ठूलो सङ्ख्यामा व्यक्तिहरू किनमेलमा व्यस्त रहेको प्रत्यक्षदर्शीले सञ्चार माध्यमलाई बताएको छ यस विस्फोटनमा परी कैयौँ पसलहरू क्षतिग्रस्त भएको बताइएको छ ।यस घटनामा घाइते भएकालाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यस आक्रमणमा संलग्न रहेको आशङ्कामा दुई सदिग्ध व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र राष्ट्रपति ममनून हुसेनले यस आक्रमणको निन्दा गरेका छन् । घाइते व्यक्तिहरूको राम्रो उपचारको बन्दोबस्त मिलाउनका लागि प्रधानमन्त्री सरिफले सम्बन्धित अधिकारीहरूलाई आदेश दिएका छन् ।बम आक्रमणको अनुसन्धान जारी रहेको जनाइएको छ ।

pakistan-blast

तपाईको प्रतिक्रिया