Lok-Sabha२८ मंसिर एजेन्सी ।  राज्यसभामा अहिले हंगामा हुन सक्नेछ। कांग्रेस पार्टी अब ‘पंजाबमा  अत्याचार’, ‘भ्रष्टाचार’ र  राजनीतिक ‘षड्यन्त्र’ को मुद्दालाई उठाउने योजना बनाईरहेको छ ।

यस बाहेक लोकसभामा उनीहरुको रवैया के हुने वाला छ ,त्यो विषयमा पनि कंग्रेसले सोमवारनै फैसला हुन सक्नेछ । लोकसभामा कांग्रेसले केहि प्रमुख मुद्दालाई उठाउने तयारी गरिरहेको छ ।
लोकसभाको कारवाहीमा पछिल्लो दुई दिनमा कांग्रेसले आन्दोलन गर्ने नीतिनै अपनाएको छ ।प्रत्येक दिन करिब एक घण्टा सम्म विरोध जनाई सकेपछी कांग्रेसले वाकआउटको बाटो लिएको हो । नेशनल हेरल्डको मुद्दामा तीन दिन सम्म संसद बहिष्कार गर्ने र सरकार माथि राजनीतिक षड्यन्त्र गरेको आरोप लगाईसके पछि कांग्रेस ले शुक्रवार आफ्नो रणनीति बदलेको थियो ।
कांग्रेसले भनेको थियो कि राज्यसभामा उसले व्यापक घोटालामा बीजेपीको तर्फबाट कुनै कारवाही नगरिनु , ललितगेट  र वीके सिंहको बयानको विरोधमा प्रदर्शन गरेको थियो ।

राज्यसभामा विपक्ष दलका नेता गुलाम नबी आजाद ले भने , ‘बीजेपीको तर्फबाट भ्रष्टाचारमा लिप्त तीन मुख्यमन्त्रीको विरुद्द कारवाही नगरिनुको विरुद्द हामीले संसदमा विरोध प्रदर्शन गरिरहेका छौ । यसको नेशनल हेराल्ड केस संग कुनै सरोकार छैन ।

 

तपाईको प्रतिक्रिया