भारत तर्फ लैजान लागिएको ठूलो परिमाणको चाइनिज स्याउ सुनसरीको भाण्टाबारी नाकाबाट प्रहरीले बरामद गरेको छ । भारत तर्फ चाइनिज स्याउ लैजान प्रतिवन्ध छ । भारतीय मिनि ट्रकमा लोड गरी भारतको भिमनगर तर्फ लाँदै गरेको अवस्थामा सुनसरी प्रहरीले गाडी चालक सहितलाई नियन्त्रणमा लिएको छ ।

सरकारी मूल्याङकन अनुसार ४ लाख ६६ हजार मूल्य बराबरको ३ हजार ५ सय १० किलो स्याउ सहित द्यच् छइ न् द्धण्ज्ञट नम्बरको मिनि ट्रकका चालक सुपौलका ३३ वर्षिय पवन यादवलाई प्रहरीले गाडी सहित नियन्त्रणमा लिएको हो ।सुनसरी प्रहरीले बरामद स्याउ सहित गाडीको मूल्य १९ लाख ६६ हजार तोकेको छ ।

बरामद स्याउ तथा मिनि ट्रक सेतु बन्ध भन्सार कार्यालय भाण्टाबारीमा बुझाएको सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमरियाले जानकारी दिए । चाइनिज स्याउ नेपालमा निर्वाध बिक्रिमा आउने गरेपनि भारत तर्फ निर्यात गर्न भने प्रतिवन्ध छ ।

यद्यपीे सीमा नाकामा पसल खोलेर व्यापार सञ्चालनको इजाजत पाएका फलफूल ब्यापारीहरुले दिउँसो भण्डारण गरेका त्यस्ता स्याउ तस्करहरुसँगको मितेमतोमा रातीको समयमा भारत तर्फ लैजाने गरेको स्थानीयहरुले बताउँदै आएका छन् । प्रहरीले समेत गोप्य सुराकीका आधारमा उक्त परिमाणको स्याउ भारत तर्फ लैजानै लाग्दा बरामद गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया