काठमाडौँ, २६ वैशाख । भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ। राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएको वेला भारतले अनपेक्षित व्यवहार गरेको छ।

तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु पर्दैन। तर भारतले नेपाली र भूटानी नागरिकलाई कडाई गर्दै लगेको छ।

चीन र पाकिस्तानबाट हवाई मार्ग भएर भारत वा भारत हुँदै स्वदेश फर्किँदा यसअघि पनि नेपाली र भूटानी नागरिकले भारतीय भिसा लिनुपर्ने व्यवस्था थियो। तर, यसबर्षदेखि मालदिभ्स, हङकङ र मकाउ थपिएको छ। नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया