हेटौंडा – पदमपोखरीका सानाकान्छा लामाले छोरो नपाएको भन्दै पत्नी पम्फा थिङलाई कुटपिट गरे । ५ छोरीपछि छैटौं बच्चा जन्माउने तरखरमा रहेकी पम्फाले आफू कुटिएपछि पतिविहरुद्ध जिल्ला प्रहरीको महिला सेलमा उजुरी दिइन् । छोरा नपाएको निहुँमा पतिपत्नीबीच घरमा दैनिक झगडा हुने गरेको थियो ।

उजुरीपछि प्रहरीको महिला सेलले पतिलाई झिकाउन पत्राचार गरेको छ । तर, पत्नीले उजुरी हालेको थाहा पाउनेबित्तिकै सानाकान्छा घर आएका छैनन् । आजको कान्तिपुरमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया