भैरहवा । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ । समाचारका अनुसार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो ।

एग्रोले बोइलर, कोइलर र लेयर्स कुखुराको दाना उत्पादन गर्ने गर्दछ । उत्पादित दाना मापदण्डभन्दा कमसल भएपछि कारबाहीका लागि मुद्दा दायर गरिएको क्षेत्रीय कार्यालय भैरहवाले जानकारी दिएको छ ।  आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया