काठमाडौँ । सरकारले काभ्रेको नागीडाँडामा निर्माण गर्ने भनिएको आन्तरिक विमानस्थलका लागि झन्डै १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अध्ययनमा देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको एक प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनमा १० अर्बभन्दा बढी खर्च हुने देखिएको हो ।

काभ्रेको नागीडाँडामा विमानस्थल बनाउनको लागि झन्डै ४५ मिटर डाँडा कटान गर्नुपर्ने तथा मुआब्जामै ठूलो रकम खर्च हुने अध्ययनमा देखिएको छ । अनेकौं प्रतिकुलताका बीचमा पनि विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विशेष जोडबल देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको विकल्पका रुपमा हेरिएको यो विमानस्थल निर्माणले आन्तरिक उडान ‘डाइभर्ट’ हुनेमा समेत धेरैले विश्वास गर्न सकेका छैनन् । आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया