tractor accident
फाइल फोटो

मङ्सिर २९, गुल्मी ।गएराति गुल्मीको हस्तिचौर गाविसमा ट्रयाक्टर दुर्घटनामा परी चारजनाको मृत्युभएको छ ।मृत्युहुनेमा ट्रयाक्टर चालक वैकुण्ठबहादुर मुखिया तथा तीर्थबहादुर खत्री, चन्द्रबहादुर कुँवर, जुद्ध मुखिया रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ साथै एकजना घाइते भएका छन्। घाइतेलाइ अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको बताइएको छ ।लु२त ४८३१ नंको ट्रयाक्टर गएराति सोही गाविस– ३ स्थित कालाखोला भन्ने ठाउँमा दुर्घटना भएको हो ।दुर्घटना भएको ट्रयाक्टर सडकबाट ५०० मिटर तल भिरमा खसेका कारण स्थानीयवासी र प्रहरीलाई उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।दुर्घटनाका कारण भने खुल्न सकेको छैन ।

 

 

 

तपाईको प्रतिक्रिया