सुनसरीको रामधुनी नगरपालिका २ तित्रिवनमा प्लटिङकालागि निर्माण गरिएको पर्खाल भत्कँदा १२ वर्षका मोहमद गुलाबको ज्यान गएको छ ।खेल्दै गरेका गुलाबको पर्खालले किचेर मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । गुलाबसँगै खेल्दै गरेका सोही स्थानका ११ वर्षिय सरफराज मिया समेत घाइते भएका छन् । मियालाई थप उपचारकालागि नोबेल अस्पताल बिराटनगर लगिएको छ ।

तपाईको प्रतिक्रिया