- दिपेन्द्र यादव

इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा शान्तिदिप नेपालको आयोजनामा शुक्रबार शिक्षक तथा अभिभावक सचेतना कार्यक्रम समपन्न भएको छ । शान्तिदिपको चाहना, सम्पूर्ण नेपालीहरुको उज्जवल भविष्यको कामना सहितको मुल नाराका साथ इनरुवा नगरपालिका वार्ड नं. ३ को देवकोटा अधारभुत विद्यालयमा शिक्षा, स्वास्थय र पूर्वाधार जर्गेणा सहितको सचेतना कार्यक्रम समपन्न गरेको स्थानिय समाजसेवी जिनेश निरौलाले जानकारी दिए ।

स्थानिय समाजसेवी निरौलाका अनुसार कार्यक्रममा सो स्कुलका विद्यार्थीहरुलाई कापी र पेन दिई कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस्तै कार्यक्रमको प्रमुख आथित्यमा इनरुवा ना पा की जामुना गौतम पौखरेलको उपस्थिती रहेको थियो । भने विशिष्ट अथितीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारी, अथितीहरुमा इनरुवा ना पा वाडा नं. ३ का वडाध्यक्ष कालुराम गुरुङ्ग, देवकोटा अधारभुत विद्यालयका प्रअ अनरुद्ध यादव लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया