murari bhattarai

मंसिर २९ इनरुवा।सुनसरी मधेसाका गायक मुरारी भट्टराईको एल्बम ‘अनामिका’मा समावेश ‘कहिले काँही’बोलको म्यूजिक भिडियोमा अभिनेता दिलिप रायमाझीसँग मोडल निला शाहीले अभिनय गरेका छन् ।

परिवारसहित अमेरिका पुगेका अभिनेता दिलिप रायमाझीले त्यता पनि अभिनयमा सक्रियता देखाएका छन् । अमेरिका पुगेर अभिनय गरेको उनको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा उनीहरुको लोभलाग्दो नृत्य र रोमान्स देख्न सकिन्छ ।यस भिडियोको निर्देशन सुरेशदर्पण पोखरेलले गरेका हुन् । निर्देशक पोखरेलले भने ‘सम्भवत : अमेरिकाको क्यलिफोर्नियाका रोमाञ्चक दृश्यहरुलाई समेटेर बनेको यो पहिलो नेपाली म्यूजिक भिडियो हो’, ‘भिडियोलाई अधिकांश हलिउड फिल्महरुको छायांकन हुने गोल्डेन गेट बृजमा पनि खिचिएको छ ।’

यस गीतमा गायक मुरारी भट्टराईलाई गायिका जुनु रिजालले साथ दिएकी छिन् भने विकास चौधरीको संगीत रहेको छ। यस गिति एल्बमको नाम ‘अनामिका’ रहेको छ भने गायक भट्टराईको यो डेब्यू एल्बम रहेको गायक भट्टराईले जानकारि दिनुभएको हो।गीतलाई चिरञ्जीवी कोइरालाले लेखेका हुन् ।भिडियोलाई निर्देशक सुरेश दर्पण पोखरेलले नै खिचेका हुन् भने भरत रेग्मीले भिडियो सम्पादन गरेका हुन् ।

सुनसरीको मधेसा घर भएका गायक भट्टराई केहि वर्ष यता अमेरिका बस्दै आएका हुन्।गायक भट्टराईले भने  ‘विदेशमा रहेर पनि नेपाली गीत–संगितप्रतिको मेरो मोह घटेको छैन्, झनझन बढीरहेको छ दर्शकको प्रतिक्रियालाई मध्यनजर गरेर अर्को एल्बमको तयारी गर्ने सोच बनाएको छुँ । ’

 

भिडियोको लागि क्लिक गर्नुहोस

 

 

तपाईको प्रतिक्रिया