DSC01942

अमर काफ्ले एकम्बा मंसिर २९/ सुनसरीको एकम्बामा हिजो साँझ इटा भट्टा भत्किएको घटना धुवा निस्कन नपाउदा हुन पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

८ जनाको ज्यान जाने गरी भएको घटनाको विषयलाई लिएर अनुसन्धान थालेको सुनसरी प्रशासनले धुवाँको मुस्लो बाहिर निस्कन नपाउँदा इटा भट्टाको चिम्नी भत्केको जनाएको छ ।

घटनाबारे बुझ्न आज विहानै घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ सहितको टोलीले क्षतिग्रस्त बनेको इटा भट्टाको अवस्था र घटनाका सन्दर्भमा जानकारी लिएको थियो ।

DSC01943

स्थानीय घाइते कामदारहरुले इटा पकाउनका लागि आगो बाल्ने क्रममा पेट्रोल छर्किदाँ हवात्तै बलेको आगोको मुस्लो सहितको धुँवा बाहिर निस्कन नपाउँदै भट्टाको चिम्नी भत्केको बताएका छन् ।
न्यू इटा भट्टा २ वर्ष अघि समेत चिम्नीको माथिल्लो भाग भत्केकै कारण बन्द भएको थियो ।

DSC01944
गएको भुकम्पमा समेत क्षति पुगेको उक्त चिम्नीलाई सामान्य मर्मत गरी संचालनमा ल्याउने क्रममा दुर्घटना हुन पुगेको थियो ।

इटा भट्टा पुन संचालनमा ल्याउन लागेपछि परसादी खान भेला भएको समूह र कामदारहरुलाई चिम्नीबाट खसेको इटाले लागेको थियो ।

इटाले लाग्दा ७ जनाको तत्काल ज्यान गएको थियो भने भारत विहारका मुस्तफा मियांको उपचारका क्रममा गएराती विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

२० जना घाइते मध्ये ३ को अवस्था गम्भिर रहेको सुनसरी प्रहरीले जनाएको छ ।
मृत्यु हनेमा दुई नेपाली र ६ भारतीय कामदार रहेका छन् ।

DSC01941
प्रहरीका अनुसार चिम्नी भत्कादा पुरिएर भारत विहारका सदम हुसेन, १२ वर्षका राहुल मिया, १६ वर्षका सलुन मिया, ५० वर्षका गरिवलाल पासवान, २५ वर्षका मिथेलेस पासवान, इटहरी १६ की भगलीदेवी चौधरी, सोही ठाउका ३० वर्षका शिखनारायण चौधरी र विहार मस्थाप मियाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया