nepal indiaकाठमाण्डाै १ पूस ।  तराईमा रहेका ५१ प्रतिशत जनसंख्याका आधारमा कूल निर्वाचन क्षेत्रको ५१ प्रतिशत क्षेत्र तहीँ हुनुपर्छ । त्यसो हुँदा आफ्नो रुचिअनुकूलका कानून निर्माण हुनसक्ने भारतको बुझाई छ ।

वैवाहिक अंगीकृत नागरिकता
वैवाहिक अंगीकृत नागरिकतामा भारतको चासो बढी छ । भारतका नीति निर्माता, कूटनीतिज्ञ र सर्वसाधारणसमेत यो मुद्दामा सरोकार राख्छन् ।

भारतबाट नेपाली मधेसीसंग विहेवारी हुने महिलाको नेपाली नागरिकता सुरक्षित हुनुपर्ने र एउटा निश्चित समयपछि राज्यको उपल्लो निकायमा पुग्ने मार्गप्रशस्त गर्नुपर्ने मधेशी दलको मागमा भारत सहमत छ ।

सीमांकनका मोडालिटी

तराईबाट बहुमत प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र कायम भएपछि सीमांकन जे जस्ता भए पनि फरक नपर्ने भारतीय बुझाइ छ । नीति निर्माण गर्ने स्थानमा तराईको प्रभाव हुने प्रतिनिधित्व हुँदा सीमांकनमा धेरै जोड भारतको छैन । भारतका तीनवटा वैकल्पिक मोडालिटी देखिन्छ ।

पहिलो झापादेखि पर्सासम्म एउटा, नवलपरासीदेखि कञ्चनपुरसम्म अर्को प्रदेश । दोस्रो, हालको प्रदेश नम्बर २ कायम रहने गरी पश्चिममा नवलपरासीदेखि कैलालीको एउटा क्षेत्र समेटिएको अर्को तराई प्रदेश र तेस्रो यो पनि नभए नवलपरासीदेखि बर्दियासम्मको थारु बाहुल्य नयाँ प्रदेश

मधेसीहरुले अहिले पहिलाे विकल्पमा जोड दिँदै आएका छन, तर भारतको बुँझाइमा तुलनात्मक रुपमा सबैलाई कम जोखिम हुने विकल्प तेस्रो हो । यसका लागि तराईबाट ५१ प्रतिशत निर्वाचन क्षेत्र सुनिश्चित हुनुपर्ने पूर्वशर्त भारतको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया