paisa१ पुष काठमाडौ । सरकारले भूकम्प र नाकाबन्दीबाट प्रभावित व्यवसायीलाई पुनरुद्धार कोषमार्फत् कम ब्याजमा ऋण दिने तयारी गरेको छ।पुनरुद्धार कोषमार्फत व्यवसायीले ६ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउनेछन्।अहिले बैंक तथा वित्तीय संस्थाले उद्योग तथा अन्य क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जा ब्याजदर तोकेका छन्।अब सरकारले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो।

बजेटमा भूकम्पबाट प्रभावित व्यवसाय उकास्न पुनरुद्धार कोष गठन गर्ने उल्लेख छ । त्यसमा भारतले लगाएको नाकाबन्दीका पीडित व्यवसायीलाई समेत राहत हुने गरी यस्तो व्यवस्था गर्ने सरकारी श्वेतपत्रमा उल्लेख छ।एक खर्ब रुपैयाँको कोषमा सरकारले बजेटमार्फत ५० करोड रुपैयाँ राखेको थियो । नाकाबन्दीपछि सरकारले थप रकम निकासा गर्नेछ भने विदेशी दातृ निकायमार्फत अरू रकम पनि संकलन गरिनेछ।राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीले पुनरुद्धार कोषमार्फत ब्याजमा अनुदान दिएर व्यवसायीलाई पुनर्कर्जा सुविधा दिन लागिएको बताए। आजको अन्नपुर्णमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया