morcha१ पुष काठमाडौं,
भारतको अविश्वास
उपप्रधानमन्त्री कमल थापामार्फत श्रीश्री रविंशकरको बाटो हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई एक हदसम्म विश्वासमा लिएको मोर्चाका नेताहरूको ठम्याइ छ ।

ओलीले भारतसँग तीनबुँदे सहमतिको प्रस्ताव पेस गरेर मोर्चालाई दबाबमा पारेका छन् । यो प्रस्तावपछि भारत मोर्चाभन्दा बढी सत्तापक्षसँग विश्वस्त हुन थालेको छ । अहिले भारत मोर्चालाई ‘फोर्स ल्यान्ड’ गर्न दबाब दिइरहेको मधेस विश्लेषकहरूको टिप्पणी छ ।

कार्यकर्ताको विश्वास गुमाउँदै
मोर्चाका शीर्ष नेताहरू भारत भ्रमणमा गएपछि तराई–मधेसमा आन्दोलनरत कार्यकर्ता सडकमा देखिन छाडेका छन् । र, नाकामा धर्ना पनि बस्न छाडेका छन् ।

आन्दोलन कमजोर
मोर्चाको आन्दोलन निरन्तर कमजोर बन्दै गएको छ । मोर्चा्भित्रको आन्तरिक विवाद, देशभन्दा विदेशमा समाधान खोज्न जानु र तराईमा शीतलहर बढ्दै जाँदा आन्दोलन कमजोर बन्दै गएको छ । नाकाहरूमा अवरोध नभए पनि आपूर्ति सहज हुन सकेको छैन ।

संसद् छोड्न नसक्ने
मधेस विश्लेषकहरू मोर्चाले आन्दोलन यहाँभन्दा माथि लैजान नसक्ने तर्क गर्छन् । मोर्चा आन्दोलन थप चर्काउन सक्ने र तत्काल संसद् छोड्ने अवस्थामा छैन । यसले गर्दा मोर्चा्भित्र संसद् उपयोगको रणनीति बनाउनुपर्ने दबाब बढ्दै गएको लक्ष्मणलाल कर्णको भनाइ छ ।

आफ्नो माग कांग्रेसले ‘हाइज्याक’ गर्ने डर
आफूले उठाउँदै आएका केही माग कांग्रेसले ‘हाइज्याक’ गर्ने हो कि भन्ने डर मोर्चालाई छ । मंगलबार संसद्मा पेस भएको संविधान संशोधनको दुईबुँदे विधेयक पारित भए मधेसमा राजनीतिक स्पेस गतिलो बनाउन सकिने सोचमा कांग्रेस छ । तर, मोर्चा यसो हुन दिने पक्षमा छैन । आजको नयाँ पत्रिकामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया