maoletter3

१ पुष एजेन्सी।  चिनियाँ क्रान्तिका नेता माओ त्से तुङले बेलायतको त्यसवेलाका लेवर पार्टीका नेता क्लेमेन्ट एटलीलाई लेखेको चिठ्ठी ९ करोड ८२ लाखमा बिक्री भएको छ ।मंगलवार भएको लिलामीमा उक्त चिठ्ठी यति ठुलो रकममा विक्री भएको हो ।

यति ठुलो रकममा विक्री हुनाको कारण माओले अंग्रेजीमा विरलै गरेका हस्ताक्षर मध्य एक हुनु र सो पत्रको ऐतिहासिक महत्व रहनु हो भनिएको छ ।यस पत्रमा माओले चीन माथिको जापानी आक्रमण विरुद्ध लेवर पार्टीको व्यवहारीक सहयोगको अपिल गरिएको छ ।पत्रमा माओले ब्रिटिश जनता चिनियाँ जनताको समर्थनमा उठ्नेछ र ब्रिटिश सरकारलाई सक्रिय प्रतिरोधको लागि वाध्य पार्नेछन् भनेका छन् ।माओले शुरुआति दिनहरुमा गरेको विश्वव्यापी कूटनीतिको एक सटिक उदाहरणको रुपमा पनि यस पत्रलाई लिइएको छ ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया