bibah paynchamiपुष १ जनकपुर । मंसिर शुक्ल पञ्चमीमा मनाइने विवाह पञ्चमी जनकपुरमा धुमधामका साथ मनाइदै छ।ऐतिहासिक रामजानकी विवाह मर्यादा पुरुषोत्तम श्रीराम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा मनाउने गरिन्छ ।

सात दिने विवाह पञ्चमी महोत्सवको आज छैठौं दिन जनकपुरको जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र सीताबीच विवाह हुनेछ । दिउँसो जनकपुरको जानकी मन्दिरबाट निस्केको सीताको डोली र राम मन्दिरबाट निस्केको रामको डोली रंगभूमि मैदानमा पुगी सीता स्वयम्वर कार्यक्रम आयोजना गरिने छ ।महोत्सवमा भारतको अयोध्यासहित विभिन्न स्थानबाट हजारौंको संख्यामा जन्ती आएका छन् । पवित्र सरोवर गंगासागर, धनुषसागरसहितका जलासयमा स्नान गरी राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको विहानैदेखि भीड लागेको छ ।

 

तपाईको प्रतिक्रिया