अमर काफ्ले इनरुवा पौष १ / सुनसरीको एकम्बा स्थित रहेको न्यू जय नेपाल इटा भट्टा घटनाको विषयमा अनुसन्धानका लागि सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ । आठ जना कामदारको ज्यान जाने गरी भएको चिम्नी विष्फोटको घटना छानविनका लागि सुनसरी प्रशासनले प्रशासकिय अधिकृत दीनानाथ लम्सालको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो । समितिलाई ७ दिन भित्रमा घटनाको सत्य तथ्य बाहिर ल्याउने गरी जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो । समितिले दुर्घटना ग्रस्त इटा भट्टाको वस्तुस्थिती बारे विस्तृत अध्ययन गरी राय सुझाव सहित प्रतिवेदन पेश गर्ने छ । प्रतिवेदनका आधारमा कार्वाही प्रकृया अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ । यसैवीच चिम्नी दुर्घटनाका विषयलाई लिएर सुनसरी प्रशासनको रोहवरमा आज सरोकारवारलावीच छलफल भएको छ । इटा भट्टा व्यवसायी संघ, सुरक्षा निकाय र प्रशासनका अधिकारीहरुवीच भएको भेलाले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । नेपाली मृतक कामदारका हकमा तत्काल काजकृया वापत जनही ५० हजार र भारतीयको हकमा जनही २४ हजारका दरले सम्वन्धित इटा भट्टा संचालकले व्यहोर्ने निर्णय भएको छ । त्यसैगरी घाइतेको उपचार खर्च समेत सम्वन्धित व्यवसायीलेनै व्यहोर्नु पर्ने छ । सुनसरी प्रशासनले न्यू जय नेपाल इटा भट्टाको चिम्नी विष्फोटको घटनापछि भोलीबाट जिल्ला स्थित रहेको सवै इटा भट्टाहरुको अनुगमन समेत गर्ने भएको छ । प्राविधिक जाँच भने स्वयं सम्वन्धित व्यवसायीलेनै गराउनुपर्ने बाध्यकारी नियम लागु गरिएको छ । सोमवार एकम्बा स्थित रहेको इटा भट्टाको चिम्नी भत्कदा २ नेपाली र ६ भारतीय गरी आठ जनाको ज्यान गएको थियो । घटनामा घाइते भएका मध्ये ६ जनाको अझै धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको सुनसरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप ल...
इनरुवा ट्राफिकको नमस्कार अभियान
इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रे...
सुनसरीमा आम हड्तालको आशिंक प्रभाव
सुनसरीमा नेकपाको प्रचण्ड–माधव समूहले आव्हान गरेको आम हड्तालको आशिंक प्रभाव देखिएको छ । सडकमा चल्ने लामो दुरीका सवारी र ...
इनरुवाबाट अढाई क्विन्टल गाँजा बरामद
सुनसरीको इनरुवाबाट प्रहरीले अढाई क्विन्टल गाँजा बरामद गरेको छ । प्रहरीले इनरुवाको बलाखा नहर क्षेत्रबाट उक्त परिमाणको गाँ...
आफू विरूद्धकाे अविश्वासकाे प्रस्ताव सफल नहुने मुख्यमन्त्रीकाे ठोकुवा
नेपाल सरकारका उप प्रधानमंत्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमंत्री ...
इनरुवामा ठाकुर समाजको प्रथम जिल्ला अधिवेशन
नेपाल ठाकुर समाज जिल्ला कार्य समिति सुनसरीको प्रथम जिल्ला अधिवेशन इनरुवामा हुन गईरहेको छ । नेपाल ठाकुर समाज जिल्ला कार्य...