Fonij-Logo१ पुस, काठमाडौं । नयाँ पत्रिका राष्ट्रिय दैनिकका संवाददाता राजकुमार गोलेमाथि अपरिचित व्यक्तिहरुको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ ।गएराति काभ्रेको बनेपामा अपरिचित व्यक्तिहरुको समूहले गोलेमाथि खुकुरी प्रहार गरेको हो ।  गोले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का काभ्रे जिल्ला शाखा सदस्य हुन् ।दैनिक कार्य सकेर निवास फर्कने क्रममा बनेपा-२ स्थित आजाद उच्च मावि नजिकै अपरिचित व्यक्तिहरुको समूहले टाउकोमा प्रहार गरेको खुकुरी छल्दा पत्रकार गोलेको बाँया हातमा चोट लागेको छ ।

पत्रकार गोलेमाथिको सांघातिक आक्रमणको फोनिजले भ्त्सर्ना गरेको छ । महासचिव गजुरधन राईले प्रेस विज्ञप्ति निकाल्दै घटनाको यथार्थ छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न र घाइते पत्रकारको उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया